२०८२ असार ३ गते बुधवार

आजको मौसम : तराईका केहि ठाउँमा हावाहुरीको संभावना

दाङ, ३ जेठ । दाङसहित देशका अधिकांश ठाउँको मौसम आज पनि बदली देखिएको छ । केही दिनदेखि विभिन्न ठाउँमा हावाहुरी, चट्याङ र वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि मौसम खराब नै रहने पूर्वानुमान छ ।

आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा मौसम आंशिकदेखि साधारणतया बदली भएको छ । बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सँगै हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मधेश प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका भू–भागका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भानवा रहेको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस