२०८२ असार ३ गते बुधवार

तराईका ठाउँमा केही दिनदेखि गर्मी बढ्दो

दाङ, १ जेठ । दाङ उपत्यका लगायत तराईका ठाउँमा केही दिनदेखि गर्मी बढ्दो रहेको छ । आज देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने छ ।

आज कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै ठाउँहरूमा र बाँकी पहाडी भू–भागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना छ ।

पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव कायमै र बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।

यसैबिच भारतको अन्डमान तथा निकोबार टापुमा सरदरभन्दा ९ दिनअगावै मनसुन भित्रिएको छ । यसले नेपालमा पनि चाँडो मनसुन भित्रने संकेत देखाएको छ । त्यसो त नेपालमा अहिले दिनहुँ पानी परिरहेको छ ।

जेठ शुरु हुँदा प्रि–मनसुन याममा सरदर वर्षा नै भइरहेको छ । मौसमविद् विनोद पोखरेलका अनुसार आगामी शनिबारदेखि दिनहुँ वर्षाको सम्भावना देखिएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस