
दाङ, २७ वैशाख । दाङमा ड्याममा डुबेर एक किशोरको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१८ हसपुरामा रहेको सिंचाइ ड्याममा डुबेर रुकुम पश्चिम घर भई हाल तुलसीपुर उपमहानगरपालिका–१७ झिङ्गैमा बस्दै आएका १६ वर्षीय भुपेन्द्र बिकको मृत्यु भएको हो ।
साथी सन्देश बिकको घरमा शुक्रबार साँझ आएका भुपेन्द्र शनिबार बिहान खाना खाएर नुहाउन भन्दै हसपुरास्थित ड्याममा तीन जना साथीसँग गएका थिए ।
नुहाउने क्रममा उनी ड्याममा डुबेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो । पानीमा डुबेका भूपेन्द्रको खोजतलासपछि फेला पारिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८२ बैशाख २७ गते शनिवार