२०८२ बैशाख ३० गते मङ्गलवार

कपुरकोटमा चौथो गाउँपालिकास्तरिय खेलकुद प्रतियोगिता शुरु


सल्यान, २६ बैशाख । सल्यानको कपुरकोटस्थित कालिका माविमा सुरु आजदेखि गाउँपालिकास्तरिय चौथो कप खेलकुद प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले गर्नुभएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष पुनले प्रतियोगिताले खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ प्रतियोगिता शुरु भएको हो । कपुरकोट खेलकुद विकास समिति अध्यक्ष शेरबहादुर पुनको अध्यक्षतामा प्रतियोगिता शुरु भएको हो ।

प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेलको स्वागत मन्तव्यबाट शुरु भएको उद्घाटन कार्यक्रममा उपाध्यक्ष प्रकाश भण्डारी, सबै ६ वडाका अध्यक्ष, विभिन्न राजनीतिक दलका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक र खेलप्रेमीहरूको उपस्थिति रहेको छ । प्रतियोगिता तीन दिनसम्म चल्ने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस