२०८२ बैशाख ३० गते मङ्गलवार

भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति नेपालको चिन्ता 

नेपाल सरकारले भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त गरेको छ ।

दुई देशबीच द्वन्द्व चर्किइरहँदा परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर नेपाल सबै प्रकारका आतङ्कवादविरुद्ध उभिने जनाएको छ ।

पहलगाममा आतङ्कवादी आक्रमणपछि बढेको दुई देशबीचको तनावले नेपाल सरकार चिन्तित रहेको विज्ञप्तिमा उल्लेख छ ।

साथै नेपालले आफ्नो भूमिबाट छिमेकी देशविरुद्ध हुने कुनै पनि प्रकारका अवाञ्छनीय गतिविधि हुन नदिने जनाएको छ ।

त्यस्तै दुई देशबीचको द्वन्द्व कम हुने आशा राख्दै यस क्षेत्रमा स्थिरता र शान्ति स्थापना हुने नेपालको विश्वास छ ।

भारतको पहलगाममा भएको आतङ्कवादी आक्रमणबाट एक नेपाली नागरिकसहित २६ भारतीय पर्यटकको ज्यान गएको थियो । त्यस घटनापछि भारत र पाकिस्तानबीच तनाव बढ्दै गएको छ । 

प्रकाशित मिति : २०८२ बैशाख २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस