२०८३ भाद्र १४ गते आइतवार

मौसम : देशभर अझै केहि दिन वर्षाको संभावना


दाङ, २३ बैशाख । दाङ उपत्यकासहित देशका अधिकांश ठाउँमा आज वर्षाको संभावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अरु ठाउँमा पनि पानी पर्ने सम्भावना रहेको छ ।

पश्चिमी र स्थानीय वायुसँगै बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभावका कारण केही दिनदेखि देशैभर पानी पार्ने प्रणाली सक्रिय भएको हो ।

प्रि–मनसुनको समय पनि भएकाले अझै केही दिन देशभर चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

प्रकाशित मिति : २०८२ बैशाख २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस