२०८२ बैशाख ३० गते मङ्गलवार

रोल्पामा ट्याक्टर दुर्घटना : चालकको घटनास्थलमै मृत्यु


रोल्पा, २२ बैशाख । रोल्पामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । परिवर्तन गाउँपालिका–३ बागमारा स्थित दुई खोली–चुनवाङ भित्री सडकखण्डमा गएराति ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्याक्टर चालक दाङको घोराही उपमहानगरपालिका वडा नं. ४ कुईरेपानी निवासी अन्दाजी २९ वर्षीय खिमबहादुर सुनार रहेको रोल्पा प्रहरीले जनाएको छ ।

आइतबार राति दुई खोलीबाट बागमारा तर्फ जाँदै गरेको लु.प्र.०२–००१त ८९ नम्बरको ट्याक्टर करिब साढे नौ बजेतिर अनियन्त्रित भई सडकबाट करिब ६ मिटर तल खसेको थियो ।

दुर्घटनाभए लगत्तै स्थानिय बासिन्दाले तत्कालै प्रहरीलाई खबर गरेका थिए । दुर्घटनाको समयमा ट्याक्टरमा चालकबाहेक अन्य कोही सवार नरहेको र ट्याक्टर घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस