२०८२ बैशाख ३० गते मङ्गलवार

आज २०८२ साल वैशाख १७ गते बुधबारको राशिफल

 आज २०८२ साल वैशाख १७ गते बुधबार। वैशाख शुक्ल पक्षको तृतीया थिति। तदनुसार सन् २०२५ अप्रिल ३० तारिख। अक्षय तृतिया। सातु बाड्ने दिन। लुभुमा महालक्ष्मी भैरव यात्रा। शिव पार्वती विवाह। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

माधवा शर्मा
ज्योतिषाचार्य एवं वास्तु विद् ।
9848060799

मेष-आत्मविश्वास बढ्नेछ। काममा सजिलो हुनेछ। तर बोलीमा कडाइ आएमा सम्बन्धमा असर पर्न सक्छ। संयम अपनाउनु उपयुक्त हुनेछ।

वृष-पारिवारिक सुख मिल्नेछ। आर्थिक लाभको सम्भावना देखिन्छ। तर खर्च बढ्न सक्ने भएकाले सन्तुलनमा राख्नुपर्नेछ।

मिथुन-सहयोगी वातावरण बन्नेछ। साथीसंगीबाट साथ पाइनेछ। तर मन केही द्विविधामा अल्झन सक्छ, निर्णय ढिलो गर्नु राम्रो हुनेछ।

कर्कट-घरपरिवारमा शान्ति रहनेछ। आत्मबल बढ्ने संकेत देखिन्छ। तर अनावश्यक चिन्ता र डरले मन भारी हुन सक्ने सम्भावना छ।

सिंह-नेतृत्व क्षमता बढ्नेछ। सम्मान प्राप्त हुने सम्भावना छ। तर घमण्ड वा अहंकारले समस्या निम्त्याउन सक्छ, सावधानी आवश्यक हुनेछ।

कन्या-धार्मिक वा परोपकारी काममा मन लाग्नेछ। आफन्तबाट सहयोग मिल्नेछ। तर मानसिक चञ्चलता र अनिद्राले बाधा पुर्याउन सक्छ।

तुला-एकान्तमा रहन मन लाग्न सक्छ। खर्चमा वृद्धि देखिन्छ। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्ने भएकाले सजग रहनु उपयुक्त हुनेछ।

वृश्चिक-पुराना साथीहरूसँग भेटघाटको अवसर मिल्नेछ। सानो यात्राको सम्भावना पनि रहन्छ। तर थकान वा सन्चो नरहन सक्ने भएकाले ध्यान दिनुपर्नेछ।

धनु-पढाइ र लेखनमा सफलता मिल्नेछ। पद–प्रतिष्ठा बढ्ने सम्भावना छ। तर मनमा तनाव र थकानको अनुभूति पनि हुन सक्छ।

मकर-काममा सजिलो हुनेछ। महत्वपूणर् कुराहरूमा निर्णय लिन सकिनेछ। तर पारिवारिक जिम्मेवारीले दबाब दिन सक्ने सम्भावना छ।

कुम्भ-सामाजिक र सार्वजनिक क्षेत्रबाट फाइदा मिल्नेछ। नयाँ मान्छेसँग परिचय बढ्नेछ। तर शारीरिक कमजोरी देखिन सक्ने भएकाले विश्राम आवश्यक हुनेछ।

मीन-धार्मिक र आत्मिक भावनामा वृद्धि हुनेछ। सानातिना लाभ पनि मिल्नेछ। तर भावना बढी गहिरिन सक्ने भएकाले व्यावहारिक बन्नु उपयुक्त हुनेछ।

प्रकाशित मिति : २०८२ बैशाख १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस