२०८२ जेष्ठ ५ गते सोमवार

रेडक्रस दाङका पुर्व सभापतिको गोली लागी मृत्यु


दाङ, ८ वैशाख । नेपाल रेडक्रस साेसाइटी दाङका पुर्व सभापति नारायण आचार्यको गोली लागेेर मृत्यु भएको छ ।


तुलसीपुर उपमहानगरपालिका–७ मोतिपुर निवासी ८३ वर्षका आचार्यकाे साेमबार दिउँसो गाेली लागी मृत्यु भएको हाे।

आचार्य आफ्नै घरको सुत्ने कोठामा गाेली लागेकाे अवस्थामा मृत अवस्थामा फेला परेकाे प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, आचार्यको छातीमा १२ बोरको दुई नाले बन्दुकबाट गोली लागेको अवस्थामा शव फेला परेको हो।


घटनाको प्रारम्भिक अनुसन्धानबाट मृतकले आफैले गाे ली हानेको हुन सक्ने प्रहरीको आशंका छ। तर घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल सिं ठकुरीले जानकारी दिनुभयो ।


प्रहरीका अनुसार बन्दुक वैध हो वा अवैध भन्ने विषयमा समेत अनुसन्धान भइरहेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति : २०८२ बैशाख ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस