२०८२ जेष्ठ ५ गते सोमवार

ट्याक्टर दुर्घटनामा ४ जनाको मृत्यु

 कालिकोट, ८ बैशाख । कालिकोटमा गएराति भएको ट्याक्टर दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । 

गएराति करिब १० बजेको समयमा पलाँता गाउँपालिका २ लार्फा ठाँटीडाँडा स्थित भित्रि सडक खण्डमा थिर्पुबाट खिनतर्फ जादै गरेको ट्याक्टर  दुर्घटनामा परेको हो ।

खाद्यान्न,खुद्रा सामान बोकेर जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर सडकदेखि करिब १०० मिटर तल खसेको कालिकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताउनुभयो ।  

कालिकोट पलाँता ४ बस्ने अन्दाजी २१ वर्षका रवीन्द्र विक, सोही ठाउँ बस्ने ३२ वर्षकी सदु बुढा, पालिकाको ५ नम्बर वडा सल्लीकोट बस्ने वर्ष अन्दाजी २५/२६ की अम्बा शाही र मुगु खत्याड गाउँपालिका ५ कवा बस्ने वर्ष अन्दाजी २५ का  चन्द्र प्रकाश रोकायको दुर्घटनामा मृत्यु भएको प्रहरीको भनाइ छ ।

रोकाया ट्याक्टर चालक भएको प्रहरीको भनाइ छ । 

प्रकाशित मिति : २०८२ बैशाख ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस