२०८२ जेष्ठ २९ गते बिहिवार

आज २०८२ साल वैशाख ७ गते आइतबारको राशिफल

आज २०८२ साल वैशाख ७ गते आइतबार। वैशाख कृष्ण पक्षको सप्तमी तिथि। रवि सप्तमी व्रत। तदनुसार सन् २०२५ अप्रिल २० तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।

माधवा शर्मा ज्योतिषाचार्य एवं वास्तु विद् । मनकामना ज्योतिष तथा वास्तु पारमर्श केन्द्र तुलसपूर क लाईन जेसिस चोक दाङ 9848060799

मेष -आजको दिन केही सृजनात्मक कार्यमा मन लाग्नेछ। आत्मविश्वास बढ्नेछ र महत्वपूर्ण निर्णय गर्न सकिने सम्भावना छ। पारिवारिक सहयोग पाउने समय हो। यात्रामा जाँदा सावधानी अपनाउनुहोस्।

वृष-धनसम्बन्धी विषयमा सजग रहनुपर्नेछ। अनावश्यक खर्च बढ्न सक्छ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ। पुराना मित्रहरूसँग भेटघाट हुन सक्छ।

मिथुन-काममा दवाब बढे पनि तपाईंको लगनशीलता प्रशंसनीय हुनेछ। अरूको सहयोगले कार्य सम्पादनमा सहजता आउन सक्छ। मिष्ठान्न भोजनको योग छ।

कर्कट-मनमा उत्साह रहन सक्छ, तर सानो कुराले तनाव पनि आउन सक्छ। प्रेम सम्बन्धमा अलिकति मतभेद देखा पर्न सक्छ। सामाजिक सञ्जालमा सक्रिय रहनुहोस्।

सिंह-आज सहयोग र समर्थनको दिन हो। शुभ सूचना पाउन सकिन्छ। नयाँ योजना सुरु गर्न चाहनेहरूले सफलता पाउन सक्नेछन्।

कन्या-कामको चापले अलिकति तनाव दिन सक्छ। तर सहकर्मी तथा परिवारको सहयोगले ऊर्जा दिनेछ। खानपानमा ध्यान दिनुहोला।

तुला-नयाँ योजनामा हात हाल्ने अवसर मिल्नेछ। प्रेमसम्बन्ध प्रगाढ बन्न सक्छ। धार्मिक वा सामाजिक कार्यक्रममा सहभागी हुने अवसर आउन सक्छ।

वृश्चिक-धन लाभको संकेत छ। घरायसी वातावरण शान्त र रमाइलो रहनेछ। अचानक कुनै पुरानो चिनजानसँग भेटघाट हुन सक्छ।

धनु-आत्मबलले सफलता दिलाउनेछ। आजको दिन विद्यार्थीहरूका लागि लाभदायक छ। नयाँ ज्ञान प्राप्तिको योग छ।

मकर-घरपरिवारका सदस्यहरूसँग समय बिताउन पाउने दिन हो। खर्च बढ्न सक्छ, तर मानसिक सन्तुष्टि मिल्नेछ। स्वास्थ्यमा सामान्य ख्याल गर्नुहोस्।

कुम्भ-सञ्चार र लेखनमा रुचि बढ्नेछ। आजको दिन केही नवीन कार्य आरम्भ गर्न उपयुक्त छ। साथीभाइसँग मेलमिलाप हुनेछ।

मीन-धेरै समयपछि मनको चाहना पूरा हुनसक्छ। पारिवारिक सहयोगले आत्मबल बढ्नेछ। सानोतिनो लाभका संकेत छन्।

प्रकाशित मिति : २०८२ बैशाख ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस