
दाङ, ४ वैशाख । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको बजेट खर्च उत्साहजनक हुन सकेको छैन् । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको चैत मसान्तसम्म जम्मा ३९ प्रतिशत खर्च गरेको छ ।
फागुन मसान्तसम्ममा ३१ प्रतिशत खर्च भएकोमा चैत महिना थप ८ प्रतिशत गरी ३९ दशमलव ७४ प्रतिशत पुर्याएको कोष तथा लेखा नियन्त्रण कार्यालयले लुम्बिनी प्रदेशले जनाएको छ ।
प्रदेश सरकारले चालुतर्फ ४१.७६ र पुँजीगततर्फ ३८.५६ प्रतिशत रकम गरी चैत मसान्त सम्म कुल ३९ दशमलव ७४ प्रतिशत पुर्याएको हो ।
प्रदेशमा यो एक महिनामा चालुतर्फ ७ प्रतिशत र पुँजीतर्फतर्फ ९ प्रतिशत खर्च वृद्धि भएको देखिन्छ । किनकि फागुन मसान्तसम्म चालुतर्फ ३४ दशमलव ५७ र पुँजीगततर्फ २९ दशमलव ८२ प्रतिशत खर्च भएको थियो ।
लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोडको बजेट ल्याएकोमा यो ९ महिनाको अवधिमा र पुँजीगततर्फ २४ अर्ब ५८ करोड ५९ लाख बजेट रहेकोमा १५ अर्ब ४८ करोड ६९ लाख रुपैयाँ खर्च गरेको छ ।
जसमा पुँजीगततर्फ ९ अर्ब ४७ करोड ९६ लाख रुपैयाँ खर्च गरेको छ । त्यस्तै चालुतर्फ १४ अर्ब ३८ करोड ४१ लाख बजेट रहेकोमा ६ अर्ब ७२ लाख खर्च भएको छ ।