
दाङ, ३ वैशाख । आज दिउँसो सबैजसो पहाडी भूभागहरूमा हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तराईका एक/दुई स्थानमा पनि वर्षाको सम्भावना छ । साथै उच्च पहाडी भूभागहरूमा हल्का हिउँ पर्ने पनि सम्भावना छ । काठमाडौँमा पनि आज दिउँसो पानी पर्ने सम्भावना रहेको मौसमविद् सन्जिव अधिकारीले जानकारी दिनुभयो ।
उहाँकाअनुसार भोलिदेखि अझै बढी पानी पर्ने सम्भावना छ । अरब सागर र बङ्गालको खाडीबाट जलवाष्पयुक्त वायु प्रवेश हुने सम्भावना रहेकाले भोली पहाडी भूभागहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।
कोशी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ । हिजोको तुलनामा आज केही कम पानी पर्ने मौसमविद अधिकारीले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०८२ बैशाख ३ गते बुधवार