२०८२ असार ३ गते बुधवार

आज २०८१ साल चैत ३१ गते आइतबारको राशिफल

 आज २०८१ साल चैत ३१ गते आइतबार वैशाख कृष्ण पक्षको प्रतिपदा तिथि। २०८१ सालको अन्तिम दिन। तदनुसार सन् २०२५ अप्रिल १३ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। आजको फलादेशः

मेष -आजको दिन कार्यक्षेत्रमा दृढ आत्मविश्वासका साथ अघि बढ्ने अवसर मिल्नेछ। प्रयासअनुसार परिणाम प्राप्त हुने देखिन्छ। तर, व्यर्थको विवाद वा क्रोधबाट टाढा रहनु उत्तम हुन्छ।

वृष -धनलाभका सम्भावना बढेका छन्। नयाँ योजना र लगानीका विषयमा सोचविचार गर्ने समय अनुकूल छ। पारिवारिक वातावारण सुखद रहन सक्छ।

मिथुन -आज विचारमा स्थिरता ल्याउनु आवश्यक छ। नसोचेको कुराले मन अल्झिन सक्छ, तर संयमता राखेमा निर्णयहरूमा सफल हुनुहुनेछ। बोल्दा मीठो भाषाको प्रयोग गर्नु राम्रो हुन्छ।

कर्कट -पारिवारिक सम्बन्धमा आत्मीयता बढ्नेछ। मित्रजन वा आफन्तसँगको भेटघाटले मन रमाइलो बन्नेछ। कुनै पुरानो चिन्ता हट्ने संकेत पनि देखिन्छ।

सिंह -आत्मबल उच्च रहनेछ र अरुलाई प्रभावित पार्ने शक्ति बढ्नेछ। नेतृत्वदायी भूमिका निभाउन पाइने सम्भावना छ। तर, घमण्ड वा हठ त्याग्नु हितकर हुनेछ।

कन्या -नयाँ योजना बन्न सक्छ, तर निर्णयमा धैर्य आवश्यक छ। चिन्तन र मनन गरेर अगाडि बढेमा सफलता मिल्नेछ। स्वास्थ्यमा सामान्य कमजोरीको अनुभव हुनसक्छ।

तुला -सन्तुलन र सौम्यता बृद्दि हुनेछ ।आज त्यही गुणले समस्याको समाधान दिलाउनेछ। मित्र वा सहकर्मीको सहयोग प्राप्त हुने समय हो।

वृश्चिक -आज भावनाको प्रभाव रहनेछ। मनका कुरा कसैसँग साझा गर्न मन लाग्न सक्छ। प्रेमसम्बन्ध वा गहिरो मित्रता प्रगाढ बन्ने संकेत देखिन्छ।

धनु -सकारात्मक सोच र उन्नत लक्ष्यप्रतिको लगावले नयाँ बाटो देखाउनेछ। यात्राको सम्भावना छ भने लाभदायक रहन सक्छ।

मकर -कर्तव्यबोध र जिम्मेवारीको अनुभूति बढ्नेछ। समय व्यवस्थापनमा ध्यान दिँदा लक्ष्य नजिक पुग्न सकिन्छ। परिवारमा स्नेह मिल्ने समय हो।

कुम्भ -सृजनशील विचारहरू मनमा आइरहनेछन्। अध्ययन वा अनुसन्धानमा रुचि बढ्न सक्छ। अरुलाई मार्गदर्शन दिन पाउने अवसर पनि मिल्नेछ।

मीन -मन भावुक हुन सक्छ, तर कार्यक्षेत्रमा स्थिरता देखाउन सकिनेछ दान, सेवा वा आध्यात्मिक अभ्यासमा रुचि बढ्ने संकेत छन्।

प्रकाशित मिति : २०८१ चैत्र ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस