
दाङ, ३० चैत ।
“वनस्पतिको सम्भारः सुख र सम्बृद्दिको आधार“ भन्ने नाराका साथ चैत्र २९ मा वनस्पति बिभागको “६५ औं बार्सिकोत्सव तथा २६ औं वनस्पति दिवस“ को उपलक्ष्यमा वनस्पति अनुसन्धान केन्द्र सल्यानले पनि सप्ताह रुपि दिवस कार्यक्रम आयोजना गरेर सम्पन्न गरेको छ ।
मूलपानी वनस्पति उद्यान परिसर र आसपासमा मिचाहा वनस्पतिको ब्यवस्थापन गरेर चैत्र २३ गतेबाट सुरुवात भएको र चैत्र २५ गते बिहान कपुरकोट गा पा अध्यक्ष दुर्गा पुन ज्यु बाट पालिका स्तरिय “काकडसिङ्गी कप खुला ब्याडमिन्टन प्रतियोगिता“ को उद्घाटन भएको थियो ! प्रतियोगिता २८ गते सम्म चलेको थियो ! दुर्लभ तर महत्वपूर्ण विरुवा काकडसिङ्गी को महत्व र संरक्षणका लागि अन्तर्क्रिया पनि २५ गते भएको हो । मुख्य समारोह भने २९ गते विहान पालिका स्तरिय अन्तर मा. वि. हाजिरीजवाफ प्रतियोगिता र दिउँसो पुरस्कार वितरण, जैविक विविधता सचेतना सम्मान, कर्मचारी सम्मान तथा अन्य कार्यक्रम सहित विशेष समारोह सहित सप्पन्न भएको छ !
यो बर्ष दिवसका अवसरमा हुने सप्ताहव्यापी कार्यक्रममा काकरसिङ्गी संरक्षणका लागि ब्याडमिन्टन प्रतियोगिता लगायतका विशेष कृयाकलाप भएको वनस्पती अनुसन्धान केन्द्र सल्यानका प्रमुख डाक्टर मित्र पाठकले जानकारी दिनुभयो ।
उहाँले दिवसको अवसरमा ब्याडमिन्टन प्रतियोगिता, उत्कृष्ट कर्मचारी पुरस्कार बितरण, जैबिक विविधता सम्मान, बिरुवा रोपण आदि कार्यक्रम संचालन गरिएको बताउँनु भएको छ । वनस्पतिको सम्भारः सुख र समृद्दिको आधार’ भन्ने नाराका साथ यो बर्ष मनाइदै गरेको वनस्पति विभागको ६५ औं बार्षिकोत्सव तथा २६ औं वनस्पति दिवसको उपलक्ष्यमा वनस्पति अनुसन्धान केन्द्र सल्यानले सप्ताहरुपी कार्यक्रमको आयोजना गरेको हो ।
२३ गते बनस्पति उद्यान परिसरमा फैलिएका मिचाहा वनस्पतिहरु हटाएर शुरु गरिएको दिवस एक समारोह बीच हाजिरी जवाफ, पुरस्कार वितरण र सम्मान सहित चैत्र २९ गते सम्पन्न भएको छ । ब्याड मिन्टन प्रतियोगिता र हाजिरीजवाफ प्रतियोगितामा प्रथम द्दितिय र तृतीय हुनेलाई २९ गते एक समारोह बिच पुरस्कार प्रदान गरिएको थियो । काकरसिङी कप ब्याडमिन्टन प्रतियोगिताका सुबाश हमाल र भुवन डाँगीको टीम प्रथम (रू १०,०००), लोक बहादुर बस्नेत र भुवन महतरा दोस्रो (८०००), र यमराज महतारा र दिनेश थापाको टीम तृतीय (५०००) भएको थियो भने हाजिरीजवाफ प्रतियोगितामा ने रा मा वि प्रथम, ब्लु डायमन्ड बोर्डिङ स्कुल द्दित्तिय तथा जीवन ज्योती रीमले तृतीय स्थान प्राप्त गरेका थिए । कार्यक्रममा जैविक विविधता सचेतना सम्मानबाट यो बर्ष कान्तिपुर सम्वाददाता एवं रेडियो शारदामा कार्यरत पत्रकार सरिता चलाउने र लेकाली अनलाइनका सम्पादक खकेन्द्र के सि लाई संमान गरिएको थियो ।
कार्यालयमा उत्कृष्ट काम गर्ने कर्मचारी डम्बर बहादुर सेनलाई समेत दोसल्ला ओडाएर सम्मान गरिएको थियो । कार्यालयका का प्र डा मित्र पाठक को अध्यक्षता, गा पा प्रमुख दुर्गा पुनको प्रमुख आतिथ्यता, उपाध्यक्ष प्रकाश भन्डारी एवं प्र प्रशासकिय अधिकृत दिनेश पौडेल, वडा ३ का वडाध्यक्ष्य प्रदिप खडका, जिल्ला आयुर्बेद अस्पताल प्रमुख डा सम्झना जि सि को बिशिस्ट आतिथ्यता एवं स्थानिय बुद्धिजिवि समाजसेवि, पालिकाका शाखा प्रमुखज्युहरु र स्थानियहरुको बाक्लो उपस्थिति थियो ।
सल्यान र कर्णालीका केहि जिल्लामा मात्र पाइने काकडसिङ्गी एक वहुउपयोगी रुख हो र यो जाडोमा धेरै रोगहरूको लागि रामवाण सावित भएको छ । काकडसिङ्गी धेरै नामहरू बाट चिनिन्छ । काकडसिङ्गीमा राइबोफ्लोबिन, एस्कॉर्बिक एसिड, कैरोटेन, निकोटिन एसिड, ग्लूटामाइन, ल्यूटियोलिन, पीपेकोलिक, मोमोरडिन जस्ता तत्व पाइन्छन् र यसले चिसोले हुने रुघा खोकी, ज्वरो, श्वासप्रश्वासको समस्या, दम, रक्तपित्त, रक्तदोष, रक्तचाप नियन्त्रण, बाल रोग, यौन दुर्वलता, प्रजनन समस्या लगायत तागत दिने टनिकका रुपमा समेत प्रयोग हुन्छ । यसको खोजीका लागि नेपाली र चाइनिज ब्यापारीहरु गाउँ गाउँ आउने गर्थे । तर यसको संख्या घटेर दुर्लभ अवस्थामा पुगे पछि वनस्पति विभाग अन्तर्गतको वनस्पति अनुसन्धान केन्द्र सल्यानले यसको खोजी र संरक्षणमा अभियान नै चलाएको केन्द्रका प्रमुख डा पाठक बताउँछन्।