
दाङ, २८ चैत । वर्षासंगै आएको हावाहुरीले क्षति पुर्याएको छ ।

गएराती आएको हावाहुरीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ खमारी निवासी नरसिं वलीको घरको छानो नै उडाएको छ ।

स्थानीय रेशम बुढाथोकी अनुसार घर भर्खर निर्माण गरेको हुँदा कोहि नभएकाले मानविय क्षति भने भएको छैन् । गएराती पानीसंगै ठुलो हावाहुरी चलेको थियो ।

हावाहुरीले गरेको क्षति बिवरण आउने क्रम बाँकी छ ।
हावाहुरीले किसानले तरकारी उत्पादनका लागि बनाएको टनेलदेखि घरमा समेत क्षति गरेको अनुमान गरिएको छ ।
प्रकाशित मिति : २०८१ चैत्र २८ गते बिहिवार