२०८२ असार ८ गते सोमवार

देशका विभिन्न ठाउँमा वर्षा हुने, आजभन्दा भोलि ठूलो पानी पर्ने


दाङ, २७ चैत । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । केही स्थानमा हिमपात पनि हुनेछ । कोसी र मधेस प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । देशका उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना रहेको छ ।

मौसमविद् रोजन लामिछानेले आजभन्दा भोलिलाई वर्षाको सम्भावना धेरै रहेको जानकारी दिनुभयो ।

भोलि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : २०८१ चैत्र २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस