२०८२ जेष्ठ ५ गते सोमवार

प्रथम उपमेयर कप आमन्त्रित महिला फुटबल सुरु


दाङ । दाङको बेल्झुन्डिमा आज देखि प्रथम उपमेयर कप आमन्त्रित महिला फुटबल प्रतियोगिता २०८१ सुरु भएको छ ।


तुलसिपुर उपमहानगरपालिकाको आयोजना तथा स्कुल स्पोर्ट्स फुटबल एकेडेमी (एसएसएफए) तुलसिपुरको सहकार्यमा संचालित प्रतियोगिताको उद्घाटन तुलसिपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चौधरीले गर्नु भएको हो ।


उद्घाटन समारोह लाई सम्बोधन गर्दै उपमेयर चौधरिले जिल्लामा महिला फुटबलका गतिबिधी लाई थप चलाएमान बनाउदै अन्य जिल्ला संगको आपसी खेल सम्बन्ध लाई फराकिलो बनाउन नगरले आमन्त्रित फुटबलको आयोजना गरेको बताउनु भयो ।


जिल्लामा महिला फुटबलको बिकास र बिस्तार संगै प्रतिभावान खेलाडिको पहिचान गर्ने उदेश्य ले संचालित प्रतियोगिताको उद्घाटन खेलमा दाङले बिजयी सुरुवात गरेको छ ।


छिमेकी जिल्ला बाके लाई ६-० को फराकिलो अन्तरले पराजित गर्दै दाङले बिजयी सुरुवात गरेको हो ।


खेलको पहिलो हाफ्को सुरुवाती २ औ मिनेटमा ममता मगरले पहिलो गोले गर्दै टिम लाई १-० को अग्रता दिलाईन । त्यस्तै उनले पहिलो हाफ्मा थप २ गोल गर्दा दिपा पुन र बिनिता खड्काले थप १/१ गोल गरे ।


पहिलो हाफ्मा ५-० को अग्रता कायम राखेको दाङका तर्फबाट खेलको दोस्रो हाफ्मा ममता मगरले थप १ गोल गर्दै टिम लाई ६-० को जित दिलाउन सफल भइन ।

प्रतियोगिता अन्तरगत भोलि मंगलबार बर्दिया र कपिलबस्तु जिल्ला भिड्नेछन् ।


खेल दिउँसो साढे दुई बजे बाट सुरु हुने प्रतियोगिताका संयोजक जितु डागिले जानकारी दिनु भएको छ ।
तीन दिन सम्म संचालित प्रतियोगिताको बिजेता,उपबिजेता टिमले क्रमशः नगद ५५ र ३५ हजार, कप,मेडल प्रमाणपत्र हात पार्नेछन् । त्यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ बेष्ट प्लेयर,बेष्ट मिड फिल्डर,बेष्ट डिफेन्स,हाई स्कोरर,बेष्ट किप्पर र बेष्ट कोच लाई जनही नगद दुई हजार पाँच सय र ट्रफी प्रदान गरिनेछ ।


प्रतियोगितामा दाङ, बाके, बर्दिया,कपिलबस्तु र रुपन्देही जिल्लाका महिला फुटबल टिमको सहभागिता रहेको छ ।
यसैबिच सोही अवसरमा प्रतियोगिता लाई थप रोचक बनाउन तुलसिपुर उपमहानगरपालिकाका महिला जनप्रतिनिधि र कर्मचारी बिच भएको मैत्रीपुर्ण फुटबलमा कर्मचारीको टिम १-० गोलले बिजयी भएको थियो ।

स्कुल स्पोर्ट्स एकेडेमीका अध्यक्ष सुधिर गुरुङको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन समारोह राष्ट्रिय, अन्ताराष्ट्रीय खेलाडी,खेलप्रेमी,सुरक्षाकर्मी, स्वास्थ्यकर्मी,स्थानिय जनप्रतिनिधि, कर्मचारी, बुद्धिजीवी, पत्रकार लगाएतको उपस्थिती रहेको थियो । एकेडेमीका सदस्य सन्दिप गौतमको स्वागत मन्तव्य रहेको
कार्यक्रमको संचालन मदन मुस्कानले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०८१ चैत्र २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस