२०८२ असार ३ गते बुधवार

पाल्पामा डढेलो निभाउने क्रममा एक जनाको मृत्यु

पाल्पा, २२ चैत । पाल्पामा डढेलो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार रिप्दीकोट गाउँपालिका– ७ पालुङ सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा स्थानीय ६१ वर्षीय टेकबहादुर सर्तुङ्गेको मृत्यु भएको हो ।

डढेलो निभाउने क्रममा भिरबाट लडेर आज करिब १५–२० मिटर तल आगोमाथि खसेर उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दीप बेल्वासेले बताउनुभयो । घटनास्थल पुगेको प्रहरी टोलीले शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पा ल्याइएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ चैत्र २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस