२०८२ जेष्ठ ५ गते सोमवार

दाङमा आगलागीबाट घरगोठ जलेर नष्ट, एउटा गाेरू जलेर मर्याे


दाङ, १९ चैत ।
दाङको तुलसीपुर उप–महानगरपालिका वडा नम्बर ३ बल्लेमा आगलागी हुँदा ठूलो क्षति भएको छ ।

भुवन थापाको खरले छाएको कच्ची घरगोठमा मंगलबार साँझ ६ बजेतिर अचानक आगलागी हुँदा एउटा गोरु जलेर मरेको छ । यस्तै अरु दुई वटा गोरु र चारवटा गाई घाइते भएका छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता सुर्य रानाका अनुसार घरमा रहेको अन्नपात, लत्ताकपडा पूर्ण रूपमा नष्ट भएको छ ।

प्राप्त जानकारीअनुसार आगलागीबाट करिब २ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको छ । यद्यपि, कुनै मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ । आगलागीको विस्तृत कारणबारे अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०८१ चैत्र १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस