२०८२ असार ३ गते बुधवार

आँगनमा खेलिरहेका बालकलाई टिपेर लग्यो चितुवाले


दाङ, १८ चैत । बाजुरामा चितुवाले आँगनमा खेलिरहेका बालकलाई टिपेर लगेको छ ।

खप्तड छेडेदह गाउँपालिका – ३ धुर्तोलाका ८ वर्षीय विजय रावतलाई आइतबार बेलुकी सात बजेतिर चितुवाले घरको आँगनबाट आक्रमण गरी लगेको हो ।

घरको आँगनमा रहेको पानी धारामा गएको समयमा चितुवाले बिजयलाई आक्रमण गरेको देखेपछि स्थानीयले हल्ला खल्ला गरेका थिए।

चितुवाले एउटा खुट्टा खाएको अवस्थामा करिब डेढ सय मिटर टाढा बालक विजयको शव फेला परेको बाजुराका प्रहरी प्रमुख डिएसपी दिलिपकुमार गिरीले बताउनुभयो ।

सोमबार बिहान मुचुल्का बनाइ शव पोष्टमर्टमका लागि अस्पताल ल्याउनका लागि प्रहरी खटिएको डिएसपी गिरीले बताउनुभयो ।

चितुवाको आक्रमणबाट मृत्यु भएका विजय स्थानीय दिल्लीबहादुर रावतको छोरा रहेको डिएसपी गिरीले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ चैत्र १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस