
दाङ, ११ चैत । दाङको सांग्रिला प्लाई उद्योगमा गएरातीदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन् । घोराही उपमहानगरपालिका–९ खैरामा रहेको सांग्रिला प्लाई उद्योगमा गएराती १ बजेतिरबाट भीषण आगलागी हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार आगो नियन्त्रणका लागि छ वटा दमकल प्रयोग गरिएको छ । तर आगो नियन्त्रणमा आउन सकेको छैन् ।
आगो नियन्त्रणका लागि दाङको घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिकाकाका ३ वटा, नेपालगञ्जका २ वटा र कपिलवस्तुको १ वटा गरी ६ वटा दमकल प्रयोग गरिएको छ ।
आगलागी भएको ९ घण्टासम्म पनि नियन्त्रणमा आउन सकेको छैन् । आगलागीका कारण वरपरको वस्ती जोखिममा छ । तर वस्ती टाढा भएकाले ठुलो जोखिम नभएको डिएसपी शाहले बताउनुभयो । प्रहरीका अनुसार बिहान पौने ९ बजेसम्म पनि आगो लागीरहेको छ ।
आगोले उद्योगमा ठूलो क्षति पुर्याएको छ । आगलागीको कारण खुल्न सकेको छैन् ।
आगलागी नियन्त्रण गर्न दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी जुटेका छन् । थप विवरण आउन बाँकी छ ।