२०८२ जेष्ठ २९ गते बिहिवार

आज चैत ११ गते सोमबारको राशिफल

 आज २०८१ साल चैत ११ गते सोमबार चैत कृष्ण पक्षको दशमी तिथि। तदनुसार सन् २०२५ मार्च २४ तारिख। विश्व क्षय रोग दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। आजको फलादेशः

मेष :-सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्न सक्छ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ।

वृष :-आजको दिन मिश्रित फलदायी रहनेछ। पारिवारिक जीवनमा केही असमझदारी उत्पन्न हुन सक्छ, तर धैर्य र समझदारीले समस्याहरू समाधान गर्न सकिनेछ। आर्थिक मामिलामा सतर्क रहनुहोस् र अनावश्यक खर्चबाट बच्नुहोस्।

मिथुन :-प्रतीक्षित नतिजा कमजोर देखिए पनि दोहोर्याएर प्रयत्न गर्दा काम बन्न सक्छ। मेहनतको फल अरूलाई सुम्पनुपर्ने स्थिति आउन सक्छ।व्यापार-व्यवसायमा सोचेअनुरप हुनेछैन ।

कर्कट :मान-सम्मान प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नेछन्। अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम समेत सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ।

सिंह:-निर्णय गर्ने क्षमतामा कमी आउनेछ। नयाँ कार्य थालनीका निम्ति आँट र साहसको कमी हुनेछ। मित्र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्धमा सुधार आउनेछ।

कन्या :-नयाँ कार्य क्षेत्रमा लगानी नगरेकै बेस हुनेछ।जीवनसाथीको सहयोगद्वारा गरिएका काममा सफलता प्राप्त हुनेछ। अनावश्यक खर्चको सम्भावना रहेकोछ।

तुला :-पुरानो लगानी उठाउने राम्रो समय रहेको छ। मित्रजनको साथ सहयोगबाट कार्य सम्पादनमा मदत पुग्नेछ। प्रतिस्पर्धात्मक कार्यमा विशेष सफलता प्राप्त हुने योग रहेको छ। अध्ययन अध्यापनका क्षेत्रमा समय व्यतीत रहनेछ।

वृश्चिक :-महत्वाकांक्षी योजना सम्पादन हुनाले मन आनन्दित रहनेछ। समाजमा इष्टमित्रहरूको साथ मिल्नेछ। कार्यक्षेत्रमा प्रभाव बढ्नेछ।

धनु :-धेरै पराक्रममा वृद्धि हुनेछ। नयाँ माहोलमा आफ्नो योग्यतालाई जनाउन सकिनेछ। आफन्तहरूसँगको भेटघाटले मन उत्साहित रहनेछ।

मकर :-पारिवारिक सम्बन्ध मजबुत हुनेछ। विद्यार्थीहरूलाई पढाइमा शिक्षकहरूद्वारा मार्गदर्शन मिल्नेछ। कार्यक्षेत्रमा गरिएका कामहरूको प्रशंसा हुनेछ।

कुम्भ :-राजनीति तथा समाजसेवामा जनताको आलोचना हुनेछ। अनावश्यक विवादमा नपर्नुहोस्।लेनदेनका मामिला सुल्झनेछन् ।स्वास्थ्यमा ध्यान दिनुहोस्।

मीन :-आजको दिन मिश्रित रहनेछ। आर्थिक लाभका लागि गरिएको प्रयासमा सफलता मिल्नेछ। शत्रुपक्ष वाट पनि लाभ प्राप्त गर्न सकिनेछ ।यात्रा वाट लाभ प्राप्त हुनेछ ।

माधवा शर्मा
ज्योतिषाचार्य एवं वास्तु विद् ।

सचिव नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश
9848060799

प्रकाशित मिति : २०८१ चैत्र ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस