२०८२ बैशाख १० गते बुधवार

विद्यार्थी कुटपिटको सामाजिक संजालमा आएको घटनाप्रति विद्यालयको आपत्ति


दाङ, ८ चैत । तुलसीपुर–६ मा रहेको शिखा बोर्डिङ स्कुलले सार्वजनिक भएको विद्यार्थी कुटपिटको घटनाबारे गम्भिर आपत्ति जनाएको छ । विद्यालयका शिक्षिकाले कक्षा ४ मा अध्ययनरत समृद्धी सुनारलाई हातमा हान्दा भाँचिएको भन्दै सामाजिक संजालमा घटना बाहिरीएपछि विद्यालय प्रशासनले वास्तविकता त्यस्तो नभएको भन्दै गम्भिर आपत्ति जनाएको हो ।

विद्यालयका प्रिन्सिपल सुमन केसीले विद्यालयका शिक्षकले पढाउदा सामान्य सजाय दिने क्रममा हातमा लठिले हान्दा बुढी औँलाको मुनितिर सुनिन पुगेको तर त्यहि घटनालाई अतिरञ्जित गरी सामाजिक संजालमा हात भाँचिएको भनि आएको हुँदा आपत्ति जनाउनुभयो ।

उहाँले विद्यालयमा भएको घटनाप्रति दुख व्यक्त गर्र्दै विद्यालयको बदनाम गर्ने गरी घटनालाई मोडेर कपोकल्पीत कुरा सामाजिक संजालमा आएको बताउनुभयो । उहाँले सत्यतथ्य बुझेर मात्रै घटना बाहिर ल्याउन आग्रह गर्नुभयो ।

राप्ती प्रादेशिक अस्पतालमा गरिएको एक्सरे रिपोर्टमा हातमा कुनै किसिमको चर्किएको , भाँचिएको देखिएको छैन् ।

बालिकाका अभिभावकले पनि एक्सरे रिपोर्टमा पनि चर्किएको वा भाँचिएको नभेटिएको बताएका छन् । बालिकाको हजुरआमा बिष्णु सुनारले ब्यान्डेज लगाएको देखेर भाँचिएकोजस्तो लागेपनि रिपोर्टमा भाँचिएको समस्या नभएको बताउनुभयो । ‘हात सुनिएको हो, तर भाँचिएको वा चर्किएको छैन् ।’ उहाँले भन्नुभयो–‘एक्सरे रिपोर्टमा पनि त्यस्तो किसिमको समस्या देखिएको छैन् ।’

विद्यालयमा शुक्रबार भएको छलफलमा अभिभावकले सामाजिक संजालमा दिएको अभिव्यक्तिको आत्मालोचना गरेका छन् । अभिभावकले शिक्षकको कुटपिटबाट चोट लागेपनि गम्भिर समस्या नभएको बताएका हुन् । छलफलमा एनप्याब्सन दाङका सचिव शालिकराम कार्की, कोषाध्यक्ष भुवन वली, तुलसीपुर नगर सचिव रमेश पौडेल र अभिभावकको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २०८१ चैत्र ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस