२०८२ बैशाख १० गते बुधवार

आज चैत ६ गते बुधबारको राशिफल

आज २०८१ साल चैत ६ गते बुधबार चैत कृष्ण पक्षको पञ्चमी तिथि। तदनुसार सन् २०२५ मार्च १९ तारिख। विश्व मुख स्वास्थ्य दिवस तथा अन्तर्राष्ट्रिय खुशी दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।  आजको फलादेशः

१. मेष :-आज तपाईंको आत्मविश्वास बढ्नेछ। पारिवारिक सहयोग मिल्नेछ, तर व्यावसायिक निर्णय लिँदा सचेत हुनुहोस्। स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ।

२. वृष :-धनको लेनदेन गर्दा होसियार रहनुहोस्। प्रेम सम्बन्धमा सुधार आउन सक्छ। यात्राका लागि अनुकूल दिन छैन।सन्तानको शिक्षालाई लिएर चिन्ता वढ्नेछ ।

३. मिथुन :-नयाँ अवसरहरू हात पार्ने समय आएको छ। पारिवारिक सुख मिल्नेछ। धन प्राप्तिको योग छ।

४. कर्कट :-आज खर्च बढ्न सक्छ। स्वास्थ्यमा ध्यान दिनुहोस्। कार्यक्षेत्रमा थोरै दबाब महसुस हुन सक्छ। बिद्यार्थीका लागी भने शुभ रहेको छ ।

५. सिंह :-सफलताको नयाँ ढोका खुल्नेछ। आर्थिक पक्ष सुदृढ हुनेछ। प्रेमसम्बन्धका लागि राम्रो दिन छ।

६. कन्या :-कार्यक्षेत्रमा अधिकार स्थापित गर्न सकिनेछ ।।मान सम्मान प्राप्त हुनेछ ।यात्राका योग छन्। परिवारमा साना विवाद हुन सक्छन्।

७. तुला :-आज भाग्यले साथ दिनेछ। नयाँ लगानी फाइदाजनक हुनेछ। सामाजिक सञ्जालमा लोकप्रियता बढ्न सक्छ।

८. वृश्चिक :-आज तनावको सामना गर्नुपर्नेछ। नजिकका व्यक्तिसँग वादविवाद हुन सक्छ। धैर्य राख्नुहोस्।

९. धनु -साझेदारीमा सफलता मिल्नेछ। पारिवारिक प्रेम बढ्नेछ। कार्यक्षेत्रमा राम्रो अवसर प्राप्त हुनसक्छ।

१०. मकर :-आजको दिन आर्थिक दृष्टिले राम्रो छ। परिवारमा खुशीको माहोल हुनेछ। यात्राको सम्भावना छ।

११. कुम्भ :-नयाँ काम सुरु गर्न अनुकूल समय छ। आत्मबल बढ्नेछ। प्रेमसम्बन्धमा सुधार आउनेछ।

१२. मीन आत्मविश्वास वढ्नेछ ।विद्यार्थीको लागि दिन अनुकुल रहेको छ ।नसोचेको ठाउँबाट धन लाभ हुन सक्छ। शत्रुहरू भने सक्रिय हुन सक्छन्।

माधवा शर्मा ।

सचिव नेपाल ज्योतिष परिपद् लुम्बिनी प्रदेश।

मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ।

फो नं 9848060799

प्रकाशित मिति : २०८१ चैत्र ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस