
आज २०८१ साल चैत ५ गते मंगलबार चैत कृष्ण पक्षको चौथी तिथि। सामाजिक कार्य दिवस। मंगल चौथी व्रत। तदनुसार सन् २०२५ मार्च १८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। आजको फलादेशः
मेष :-आजको दिन तपाईँका लागि लाभदायक र सफलतापूर्ण रहनेछ। सुख-सुविधामा वृद्धि हुनेछ। धार्मिक तथा सामाजिक कार्यहरूमा सहयोग गर्दा लाभ हुनेछ। कार्यालयमा तपाईँका कुराहरूको प्रशंसा हुनेछ र तपाईँलाई महत्व दिइनेछ। व्यापारमा लाभ र सफलता मिल्नेछ। व्यापारमा नयाँ परिवर्तनहरू हुनेछन् जसले भविष्यमा फाइदा पुर्याउनेछन्।
वृष : वृष राशि भएका व्यक्तिहरूका लागि आजको दिन करियरमा लाभदायक हुनेछ। तपाईँ सबै प्रकारका चिन्ताबाट मुक्त रहनुहुनेछ। सुख-भोगका साधनहरूमा वृद्धि हुनेछ। हरेक कार्यमा सफलता मिल्ने योग छ। परिवारबाट शुभ समाचार प्राप्त हुँदा खुशी हुनेछ। बच्चाहरूको प्रगति देखेर मन प्रसन्न हुनेछ।
मिथुन:-मिथुन राशि भएका व्यक्तिहरूका लागि आजको दिन करियरको हिसाबले सफलतादायक रहनेछ। जुन कामलाई लगनशीलताका साथ गर्नुहुन्छ,रोकिएका कार्यहरू पूरा हुनेछन्।परिवारमा मनमुटाव हुन सक्छ, त्यसैले समझदारीका साथ काम गर्नुहोला।
कर्कट ;-कर्कट राशि भएका व्यक्तिहरूलाई करियरमा सफलता मिल्नेछ। भाग्य तपाईँको साथ दिनेछ। ज्ञानमा वृद्धि हुनेछ। केही नयाँ गर्ने बारेमा सोच्नुहुनेछ। भौतिक सुख-सुविधामा वृद्धि हुनेछ। सबै रोकिएका कामहरू पूरा हुनेछन्।
सिंह :-सिंह राशि भएका व्यक्तिहरूका लागि लाभका योग बनिरहेका छन्। चन्द्रमाको शुभ योगले धन लाभ हुनेछ । दुखि गरीबहरूको सहयोग गर्दा तपाईलाई शुभ हुनेछ।तपाईँका बिचारले मानिसहरूलाई खुशी प्राप्त हुनेछ ।
कन्या :-कन्या राशि भएका व्यक्तिहरूका लागि आजको दिन मिश्रित रहनेछ। रोकिएका कामहरू पूरा हुन सक्छन्। करियरमा सुधारको सम्भावना छ। तर, स्वास्थ्यप्रति सचेत रहनु आवश्यक छ। खानपानमा ध्यान दिनुहोस् र नियमित व्यायाम गर्नुहोस।
तुला :-तुला राशि भएका व्यक्तिहरूका लागि आजको दिन सन्तुष्टि र खुशीयालीले भरिएको रहनेछ। जागिर गर्ने व्यक्तिहरूले आज आफ्ना कार्यहरू पूरा गर्न सफल हुनेछन्। अरूसँग सन्तुलन कायम राख्ने प्रयास गर्नुहोस्। यदि कुनै प्रकारको विवाद भइरहेको छ भने, त्यसलाई समाधान गर्न आज सफल हुनुहुनेछ।
वृश्चिक:-वृश्चिक राशि भएका व्यक्तिहरूका लागि आजको दिन शुभ रहनेछ। रोकिएका कामहरू पूरा हुनेछन्। आर्थिक लाभको सम्भावना छ। करियरमा प्रगति हुनेछ।
धनु :-धनु राशि भएका व्यक्तिहरूका लागि आजको दिन सामान्य रहनेछ। करियरमा स्थिरता रहनेछ। आर्थिक मामिलामा सतर्क रहनुहोस्। अनावश्यक खर्चबाट बच्नुहोस्।
मकर :-मकर राशि भएका व्यक्तिहरूका लागि आजको दिन विशेष लाभदायक हुनेछ। करियरमा प्रगति हुनेछ।स्वास्थ्य सामान्य रहनेछ, तर खानपानमा ध्यान दिनुहोस्।
कुम्भ :-कुम्भ राशि भएका व्यक्तिहरूका लागि आजको दिन मिश्रित रहनेछ। व्यक्तिगत उपलब्धिहरूमा जोड दिने समय छ। घर-परिवारका सुख-सुविधामा रुचि बढ्नेछ।आफ्नाहरूको साथ र सहयोग पाइनेछ। व्यवस्थापनमा ध्यान दिनुहोस्। परिस्थितिहरू मिश्रित रहनेछन्। लामो समयदेखि रोकिएका प्रयासहरू सफल हुनेछन्।
मीन :-मीन राशि भएका व्यक्तिहरूका लागि आजको दिन शुभ रहनेछ। आर्थिक मामिलामा सफलता मिल्नेछ। नयाँ अवसरहरूको खोजीमा रहनुहोस्। परिवारमा सुख-शान्ति रहनेछ।
माधवा शर्मा
ज्योतिषाचार्य एवं वास्तु विद् ।
9848060799