
दाङ, १ चैत । दाङको घोराहीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ ।
घोराही उपमहानगरपालिका–६ घर भई घोराही–१३ डुमरगाउँमा बस्दै आएका ३२ वर्षीय गमन घर्ती मगरको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घर्ती र अर्का एक जना स्थानीयसहित घोराही–६ बबई नदीमा ब्याट्रीबाट करेन्ट लगाएर माछा मार्न गएका थिए ।
त्यही क्रममा घर्तिलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । घर्तीसँगै माछा मार्न गएका घोराही–१३ डुमरगाउँका ५० वर्षीय बीरबहादुर बुढालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रकाशित मिति : २०८१ चैत्र १ गते शुक्रवार