२०८२ बैशाख ३० गते मङ्गलवार

साना किसान सहकारीहरूको अर्धवार्षिक समीक्षा


सल्यान, २५ फागुन । सल्यान, पश्चिम रुकुम र जाजरकोट जिल्लाका साना किसान कृषि सहकारी संस्थाहरूले अर्धवार्षिक समीक्षा तथा ११५औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएका छन् ।

सल्यानको युनाइटेड होटलमा कार्यक्रम भएको हो । साना किसान सहकारी संस्था लिमिटेड शारदा नगरपालिका–८, मार्केका अध्यक्ष धर्मराज थापाको अध्यक्षता तथा साना किसान विकास लघुवित्त वित्तीय संस्था, कर्णाली प्रदेश सुर्खेतका प्रमुख हरि प्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

नेपाल कृषि सहकारी केन्द्रीय संघका लेखासमिति सदस्य चिरञ्जीवी केसी, कपुरकोटका वरिष्ठ प्रबन्धक तिर्थराज शर्मा, सुर्खेत जिल्ला उत्तरगंगा साना किसानका मुख्य प्रबन्धक चित्रप्रसाद रेग्मी लगायतले सहकारी ऐन २०७४ तथा सहकारी संस्थाहरूको महत्वबारे जानकारी गराउनुभयो ।

कार्यक्रममा सहभागी सहकारी संस्थाहरूले आफ्नो प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन जितप्रसाद आचार्यले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१ फाल्गुन २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस