२०८२ बैशाख ३० गते मङ्गलवार

तुलसीपुरमा जुवाको खालबाट पक्राउ परेकालाई प्रहरीले गर्यो सार्वजनिक


दाङ, २२ फागुन । तुलसीपुरमा जुवाको खालबाट ११ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ रामनगरका कमल विकको घरमा जुवा खेलिरहेको अवस्थामा नगद १ लाख बढीसहित ११ जना जुवाडेलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर –५ का २९ वर्षिय अमर रेउले, ४५ वर्षका भक्त बहादुर वली, ३८ वर्षका शरन श्रेष्ठ, ३० वर्षका राजु राईनी पक्राउ परेका छन् ।

यस्तै तुलसीपुर–१ का ३९ वर्षका हिमाल खराल, तुलसीपुर–९ का ३० वर्षिय आशिष चन्द, ३९ वर्षका कमल बिक बगाले, तुलसीपुर–१५ का ३४ वर्षिय सन्देश रेग्मीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार तुलसीपुर–१५ का ४० वर्षिय बामदेब बिष्ट, शान्तीनगर–४ का ३३ वर्षका अर्जुन शाही, सल्यानको बागचौर नगरपालिका वडा नम्बर १२ का ५४ वर्षिय भिम बहादुर वली पनि पक्राउ परेका छन् ।

बुधबार दिउँसो पक्राउ परेका उनिहरुको साथबाट नगद १ लाख १६ हजार ८ सय समेत बरामद गरेको छ । पक्राउ परेका उनिहरुमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता शाहले बताउनुभयो ।

यो पनि पढ्नुहोस् चौतर्फी दवावपछि पक्राउ पर्ने जुवाडेको नाम सार्वजनिक (नामावलीसहित)

प्रकाशित मिति : २०८१ फाल्गुन २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस