रोल्पा, १८ फागुन । रोल्पामा एक होटलमा मादक पदार्थ सेवन गरिरहेको अवस्थामा ढलेका पुरुषको मृत्यु भएको छ । लुुंग्री गाउँपालिका वडा नम्बर ६ उपल्लो गुम्चालका ३३ वर्षिय रोमबहादुर बुढाथोकीको मृत्यु भएको रोल्पा प्रहरीले जनाएको छ ।
सुनिलस्मृति गाउँपालिका–४ सुलिचौरस्थित थकाली होटल एण्ड लजमा आइतबार साँझ साढे ५ बजेतिर मादक पदार्थ सेवन गर्दै गरेका बुढाथोकी अचानक कुर्सीबाट लडेको र केहि समयपछि हेर्दा मृत फेला परेको प्रहरीले जनाएको छ ।
भुइमा ढलेको अवस्थामा उठाउन खोजेपछि नउठेपछि होटल संचालक अन्जु थकालीले प्रहरीलाई खबर गर्नुभएको हो ।
प्रकाशित मिति : २०८१ फाल्गुन १८ गते आइतवार


