२०८२ जेष्ठ ५ गते सोमवार

लामो समयपछि पानी पर्दा किसान उत्साहित


दाङ, १६ फागुन । लामो समयदेखि भइरहेको खडेरीपश्चात शुक्रबार बिहानैदेखि पानी परेपछि किसान खुशि भएका छन् । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेका कारण आज बिहानैदेखि कर्णाली, लुम्बिनी र गण्डकी क्षेत्रको मौसम बदली भएको छ ।

दाङ उपत्यकाको मौसम पनि बिहानैदेखि धुम्म छ । सामान्य वर्षा पनि भएको छ । तर खेतीका लागि भने दाङमा पर्याप्त वर्षा भएको छैन् । दाङका किसान पनि मौसममा बदली भएपछि पानी पर्ने आशामा रहेका छन् ।

रुकुम पश्चिममा झन्डै साढे ६ महिनापछि पानी परेकाले हिउँदेबालीका लागि ठूलो राहत हुने मुसीकोट नगरपालिका–१३ का किसान रणविर खड्काले बताउनुभयो ।

रुकुम पश्चिमसँगै लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुम पूर्वमा पनि झरी परिरहेको छ भने यस भेगको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात समेत भएको छ ।

पुथाउत्तरगंगा गाउापालिका–१ का वडाध्यक्ष विरमान विकका अनुसार यस क्षेत्रका पुथा र चुरेन हिमालसँगै आसपासका डाडाँमा हिउँ परिरहेको छ । सुख्खापन बढेकाले हिमाली जनजीवन पनि कष्टकर बन्दै गइरहेकोमा यो मौसमी प्रतिकूलताले आफूहरूलाई लाभ हुने पुथाउत्तरगंगा–१ मैकोटका भरत कुमार पुनले बताउनुभयो ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालले आइतबारदेखि मौसम क्रमिक रूपमा सुधार हुने बताउनुभयो ।

प्रकाशित मिति : २०८१ फाल्गुन १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस