
आज २०८१ साल फागुन १६ गते शुक्रबार फागुन शुक्ल पक्षको औंसी उपरान्त प्रतिपदा तिथि। ग्याल्पो ल्होसार। तदनुसार सन् २०२५ फेब्रुअरी २८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष :-आम्दानी बढ्नेछ। राजनीति, सामाजिक, व्यापारिक, र वैदेशिक क्षेत्रमा सुधार हुनेछ।
वृष :-बोल्दा सावधानी अपनाउनुहोस्। व्यापार व्यवसायमा राम्रो नतिजा प्राप्त हुनेछ।
मिथुन :-प्रतिस्पर्धीहरू निस्तेज हुनेछन्। आफ्नो प्रभाव बढ्नेछ। शिक्षा क्षेत्रमा सफलता मिल्नेछ।
कर्कट :-धार्मिक क्षेत्रमा मन जानेछ। भगवानको सम्झना गरेर सुरु गरेको काममा सफलता मिल्नेछ।
सिंह:-दाम्पत्य जीवन सुखमय हुनेछ। वैदेशिक क्षेत्रमा राम्रो प्रतिफल मिल्नेछ।
कन्या :-आफ्नो प्रभावले कुरा काट्नेहरू निस्तेज हुनेछन्। पठनपाठनमा रुचि बढ्नेछ।
तुला :-आर्थिक, सामाजिक, र राजनीतिक क्षेत्र सबल छन्। पठनपाठनमा रुचि बढ्नेछ।
वृश्चिक:-दैनिकी चलाउनेभन्दा अरू केही नसोच्नुहोस्। बोल्दा विचार गर्नुहोस्।
धनु :-आफूले गरेका कामबाट सन्तोष मिल्नेछ। व्यापार व्यवसायमा राम्रो नतिजा आउनेछ।
मकर:-बोलीको प्रभावले ठूलो फाइदा हुनेछ। वैदेशिक क्षेत्रमा फाइदा मिल्नेछ।
कुम्भ :-बोलीमा मिठास आउनेछ। शिक्षामा राम्रो नतिजा प्राप्त हुनेछ।
मीन :-प्रशंसा पाउने दिन छ। वैदेशिक मामिलामा सफलता मिल्नेछ।
ज्योतिषाचार्य तथा वास्तु विद् माधवा शर्मा ।
सचिव:- नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ।
फोन नं :- 9848060799