
दाङ, १४ फागुन । तुलसीपुरमा पानी खुवाउने क्रममा गोरुले हान्दा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ जमेरा निवासी ७१ बर्षीय गहचा चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता, प्रहरी निरीक्षक सूर्य रानालेजानकारी दिनुभयो ।
चौधरी मंगलबार साँझ पौने ५ बजेतिर गोरुले हान्दा गम्भीर घाइते हुुनुभएको थियो ।
ढाड, पेट र दुवै हातमा चोट लागेकाका उहाँको मंगलबार नै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार गरेर घर लगिएको थियो । उहाँको बुधबार विहान ९ बजेतिर घरमै मृत्यु भएको हो ।
प्रकाशित मिति : २०८१ फाल्गुन १४ गते बुधवार