२०८२ बैशाख १० गते बुधवार

जुत्ता गोदाममा आगलागी : लाखौं रुपैयाँको क्षति

दाङ, १३ फागुन । घोराही उपमहानगरपालिका–१४ निमाहलमा रहेको जुत्ता गोदाममा आगलागी भएको छ । हिमाल खड्काको तिन तले घरमा सटर भएको जगत स्टोरमा आगलागी भएको  जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

आज बिहान करिब साढे ७ बजेतिर आगलागी हुँदा लाखौं रुपैयाँको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी चक्र बहादुर शाहले जानकारी दिनुभयो । 

विद्युत सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आगलागीपछि स्थानीय बासिन्दा, प्रहरी, शस्त्र प्रहरी, जिल्ला प्रहरी कार्यालयको उद्दार टोली तथा घोराही उपमहानगरपालिकाको दमकलको सहयोगमा ७ बजेर ४५ मा आगो नियन्त्रणमा लिइएको  डिएसी शाहले जानकारी दिनुभयो । 

आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । क्षतिको विवरण आउन बाँकी रहेको घटनाको थप अनुसन्धान भइरहेको डिएसपी शाहले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ फाल्गुन १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस