२०८२ जेष्ठ ५ गते सोमवार

लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगितामा दाङ प्रथम

दाङ, १२ फागुन ।
लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगितामा दाङ पहिलो स्थान हासिल गर्न सफल भएको छ । प्रतियोगितामा १० वटा जिल्लाका खेलाडीहरूले सहभागिता जनाएका थिए ।

दाङका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै ११ स्वर्ण, ३ रजत, र ३ कांस्य पदक जितेर जिल्लालाई ऐतिहासिक सफलता दिलाएका छन् ।  टिम म्यानेजर हिमाल विकले खेलाडीहरूको मेहनत र समर्पणकै कारण दाङले उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउनुभयो ।

पदक विजेता खेलाडीहरू
पुरुष पुम्से
 साकार कुमार महतरा
महिला पुम्से
आसिका चौधरी
महिला गेरुगी
लक्ष्मी राम्जाली (४६ किग्रा)
 खुसी घर्ती मगर (४९ किग्रा)
सारदा के.सी. (५७ किग्रा)
अदिती सुनार (६२ किग्रा)
 बन्दना चौधरी (६७ किग्रा)
निसा पुन मगर (७३ किग्रा)
अमृता चौधरी (५३ किग्रा)
कोमल ओलि (८० किग्रा)
पुरुष गेरुगी
जस्मिन चौधरी (५४ किग्रा)
सन्देश सुनार (५८ किग्रा)
गणेश विक (६८ किग्रा)
 जित कुमार चन्द (६३ किग्रा)
सुरज भण्डारी (८७ किग्रा)
कृष्ण पुन मगर (७४ किग्रा)
 लक्ष्य बुढा मगर (+८७ किग्रा)
 निस्चल बुढा मगर (८० किग्रा)

यस्तै दोस्रो बाँके र तेस्रो बर्दिया भएको छ । 

प्रकाशित मिति : २०८१ फाल्गुन १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस