२०८१ चैत्र ८ गते शुक्रवार

रोल्पामा आगलागी : मन कुमारी परियारको घर जलेर नष्ट

रोल्पा, ७ फागुन । रोल्पामा एक घरमा आगलागी भएको छ । गंगादेव गाउँपालिका–२ पूर्णगाउँमा भएको आगलागीबाट मन कुमारी परियारको घर पूर्ण रूपमा नष्ट भएको छ ।

आज दिउँसोतिर फुसको छाना भएको घरमा अचानक आगलागी हुँदा करिब साढे तीन लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागीको कारण खुल्न नसकेको भए पनि घटनास्थलमा स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा आएको हो । आगलागीले परियार परिवारलाई ठूलो आर्थिक क्षति पुगेको छ भने पुनर्निर्माणका लागि स्थानीय तह र सम्बन्धित निकायहरूसँग सहयोगको अपिल गरिएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस