
आज २०८१ साल फागुन ७ गते बुधबार माघ शुक्ल पक्षको सप्तमी तिथि। प्रजातन्त्र दिवस। तदनुसार सन् २०२५ फेब्रुअरी १९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष :-आजको दिनमा तपाईंको मन प्रसन्न रहनेछ। विपक्षीहरूलाई परास्त गर्न सफल हुनुहुनेछ। अनुत्पादक क्षेत्रमा खर्च कटौती गर्नुपर्छ। साथीभाइको सहयोग प्राप्त हुनेछ र पारिवारिक सम्बन्ध सुमधुर बन्नेछ।
वृष :-मन अशान्त रहन सक्छ र पढाइमा मन नजाँदा निराशा बढ्न सक्छ। बौद्धिक व्यक्तिहरूसँग सल्लाह लिएर अघि बढ्दा फाइदा हुनेछ। साथीभाइको सहयोग प्राप्त हुनेछ।
मिथुन :-साना कुरामा निराशा बढ्न सक्छ। मनमा भएका असन्तुष्टि साथीभाइसँग बाँड्दा मन शान्त हुनेछ। पारिवारिक विवादबाट टाढा रहनुहोस्।
कर्कट :-बोल्दा विचार पुर्याउनुहोस्। परिवारसँग रमाइलो समय बिताउने अवसर मिल्नेछ। राजनीतिक क्षेत्रमा साथीभाइको सहयोग प्राप्त हुनेछ। लामो दूरीको यात्रा सम्भावना छ।
सिंह :-साना कुरामा अल्झिनु भन्दा महत्त्वपूर्ण काममा ध्यान दिनुहोस्। मनमा खटपट भए पनि महत्त्वपूर्ण कामहरू सम्पन्न हुनेछन्।
कन्या :-धनलक्ष्मीको योग छ, यसलाई सदुपयोग गर्नुहोस्। साथीभाइको सहयोगले फाइदा हुनेछ। पारिवारिक सुख प्राप्त हुनेछ र दाम्पत्य जीवन सफल रहनेछ।
तुला :-अनुत्पादक क्षेत्रमा खर्च बढ्न सक्छ, जसले पारिवारिक विवाद निम्त्याउन सक्छ। स्वास्थ्यमा ध्यान दिनुहोस्। परोपकारमा समय र धन खर्च हुन सक्छ।
वृश्चिक :-परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ। साना कुरामा अल्झिनु भन्दा महत्त्वपूर्ण काममा ध्यान दिनुहोस्। पारिवारिक सहयोग प्राप्त हुनेछ र प्रेम सम्बन्ध सुमधुर रहनेछ।
धनु :-सोचेका कामहरू सम्पन्न हुनेछन्। साथीभाइ र सहकर्मीहरूको सहयोगले योजनाहरू सफल हुनेछन्। राज्यका उच्च व्यक्तिहरूबाट हौसला प्राप्त हुनेछ।
मकर :-व्यवसायमा सोचेको जस्तो आम्दानी नहुन सक्छ। राज्यका उच्च तहबाट भय र त्रास बढ्न सक्छ। दान गरेर दिनको सुरुवात गर्दा दैनिकी सहज हुनेछ।
कुम्भ :-स्वास्थ्यमा विशेष ध्यान दिनुहोस्। एकल लगानीमा घाटा हुन सक्छ, संयुक्त लगानीमा फाइदा हुनेछ। बिहान शिवको भजन सुनेर दिनको सुरुवात गर्दा दैनिकी सहज हुनेछ।
मीन :-दुई पाङ्ग्रे सवारी साधनमा पश्चिमतर्फ लामो यात्रा नगर्नुहोस्। स्वास्थ्य समस्याहरू समाधान हुनेछन्।
ज्योतिषाचार्य तथा वास्तु विद् माधवा शर्मा ।सचिव- नेपाल ज्योतिष परिषद् लुम्बिनि प्रदेश ।
मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्र तुलसिपुर क लाईन जेसिस चोक दाङ ।
फोन नं – 9848060799