
दाङ, ३ फागुन । तुलसीपुर उपमहानगरपालिकाको निर्माणाधीन व्यापारिक (तुलसी टे्रड टावर) भवन अवलोकन गर्ने क्रममा जिन्सी शाखा प्रमुख कृष्ण बहादुर वली भर्याङबाट लडेर गम्भीर घाइते हुनुभएको छ ।
शनिबार साँझ करिब ६ बजे तुलसीपुर उपमहानगरपालिका–५ स्थित बन्दै गरेको नगरपालिकाको भवन हेर्ने क्रममा तुलसीपुर–६ निवासी ४८ वर्षीय वली भवनको आठौँ तलाबाट लड्दा सातौँ तलामा खसि टाउकोमा गम्भीर चोट लागेको हो ।
घटनापछि उहाँलाई तत्काल राप्ती लाइफ केयर हस्पिटल, तुलसीपुर लगिएको थियो । प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०८१ फाल्गुन ३ गते शनिवार