२०८२ असार ३ गते बुधवार

हराएका वृद्ध मृत अवस्थामा फेला


तुलसीपुर, ३० माघ । चार दिन अघि हराएका एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । तुलसीपुर– १० राईखलियान तुल्सी बन्दना टोलमा बस्ने ७१ बर्षका रामजी चौधरी मृत अवस्थामा फेला परेको मृतकका छोराले जानकारी दिनुभयो ।

माघ २६ गते बिहान ८ बजेतिर घरबाट गाँउ डुल्न भनेर निस्केको रामजी आज तुलसीपुर– ११ मोतिपुर र गोल्टाकुरी जोड्ने झोलुङगे पुलको तल बबई नदिमा डुबेको अवस्थामा फेला परेको मृतकका छोरा बुद्धिराम चौधरीले बताउनुभयो ।

रामजी हराएपछि परिवार र गाँउलेले खोजतलास गदै जाँदा आज बिहान साढे ११ बजेतिर शव फेला परेको उहाँले जानकारी दिनुभयो । खोजतलास गदै जाँदा बबई नदिमा मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ माघ ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस