
दाङ, २९ माघ । सामाजिक सञ्जालमा भावुक स्टाटस लेख्दै एलिना चौहानले पति विष्णु सापकोटाबाट अलग भएको घोषणा गरेकी छिन् ।
बिहे दर्तादेखि सिन्दुर, चुरा, लगनगाँठो जस्ता विवाहका प्रतिकहरू अविचलित रहे पनि विश्वास र समझदारी नहुँदा सम्बन्ध अल्पायुमा टुंगिएको उनले उल्लेख गरेकी छन् ।
‘अग्निलाई साक्षी राखेर ७ फेरा लगाउँदा गलेका खुट्टाहरू अझै उस्तै छन् । तिम्रो हातले रंगिएको मेरो सिउदो अझै उस्तै छ, तर विवाह केवल यी प्रतीकहरूबाट मात्र टिक्दैन रहेछ,“ उनले लेखेकी छन ।
सम्बन्ध टुंगिनु बाध्यता भएको उल्लेख गर्दै उनले पत्नीसँगको अधिकार अनुसार पाउने सम्पत्ति विष्णुको प्रगति र उन्नतिका लागि छोडेको बताएकी छिन् । ‘आजदेखि कानुनी रूपमा आ–आफ्नो गन्तव्य तय गर्ने बाटो खुलेको छ ।’ उनले भनेकी छन्।
उनको यो स्टाटस सामाजिक सञ्जालमा भाइरल बनेको छ । जहाँ धेरैले सहानुभूति प्रकट गरेका छन् भने कतिपयले समर्थन जनाएका छन् ।