२०८२ असार ३ गते बुधवार

आज माघ २७ गते आइतबारको राशिफल

आज २०८१ साल माघ २७ गते आइतबार माघ शुक्ल पक्षको द्वादशी तिथि। चाँगुनारायण मेला। तदनुसार सन् २०२५ फेब्रुअरी ९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।   ईकापी न्युजका लागि ज्योतिषाचार्य तथा वास्तु विद् माधवा शर्माले तयार पारेको फलादेश :

मेष :आजको दिन तपाईंको लागि शुभ रहनेछ। व्यवसायमा मनग्य लाभ हुनेछ र कामको चापबाट फुर्सद पाइनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। परिवारजनको साथले नयाँ उत्साह मिल्नेछ|

बृष:आजको दिन मिश्रित फलदायी रहनेछ। राहु एकादश रहनाले सकारात्मक फल मिल्नेछ, सुख सुविधामा बढोत्तरी हुने र न्यायिक कार्यमा सफलता मिल्नेछ। घर परिवारमा शुभ र माङ्गलिक कार्यको आयोजना हुनेछ। केतु प्रतिकूल रहनाले धेरै मेहनेत गरेर थोरै मात्र प्रतिफल पाउन सकिएला। मिथुन :आजको दिन तपाईंको लागि शुभ रहनेछ। शनि ग्रहले सकारात्मक फल दिनेछ भने बृहस्पति र केतुले हानी, नोक्सानी, आर्थिक उतारचढाव हुनसक्छ र नजिकका व्यक्तिसँग वादविवाद तथा दूरी बढ्न सक्छ। मनमा अनेकौं तर्क र खुलदुली उत्पन्न हुनेछ र ठोस निर्णय लिन नसकिएला।

कर्कट :आजको दिन तपाईंको लागि शुभ रहनेछ। वर्षभरि नै बृहस्पति र केतुले धनार्जनका नयाँ श्रोत र अवसर मिल्नेछ। शनि र राहुको प्रभावले भने शत्रु बढ्न सक्छन्, तर घर परिवारमा शुभ र माङ्गलिक कार्यको आयोजना हुनेछ। नजिकैका व्यक्तिबाट भरपूर साथ र सहयोग मिल्ने र विजय प्राप्त हुनेछ।

सिंह :आजको दिन तपाईंको लागि सामान्य रहनेछ। शनि, बृहस्पति, राहु र केतुको प्रभावले कार्यमा ढिलासुस्ती, आर्थिक नोक्सानी, वादविवाद, डर र चिन्ता जस्ता फल भोग्नु पर्ला। तर यदि जन्मकुण्डलीमा यी ग्रहहरूको अवस्था राम्रो भएमा नराम्रा फलको सामना गर्नु पर्दैन।

कन्या :आजको दिन तपाईंको लागि शुभ रहनेछ। राहु र शनिको कारणले आँटेको र गरेको कार्यबाट सफलता मिल्नेछ। रोकिएका अधुरा कार्यले पूर्णता पाउनेछ। घरपरिवारमा माङ्गलिक कार्य आयोजना हुनेछ। नजिकैका व्यक्तिबाट भरपूर साथ र सहयोग मिल्नेछ।

तुला :आजको दिन मिश्रित फलदायी रहनेछ। यश, कृति, लाभ, र आफन्तको सहयोग मिल्नेछ। चमत्कारी ढङ्गले सफलता मिल्नेछ। बृहस्पति, शनि, राहु र केतुको कारण जातकहरूलाई गरेको कार्यमा उल्झन, ढिलासुस्ती, काम बिग्रने र चोटपटकको भय रहनेछ।

वृश्चिक:आजको दिन तपाईंको लागि शुभ फलदायी रहनेछ। बृहस्पति र केतुको अनुकूलताले बेलाबेलामा सुखको अनुभूति मिल्नेछ। विद्या र बुद्धिको विकास हुने साथै यश, कृति, लाभ, विजय, वाक्सिद्धि हुने र आफन्तको सहयोग मिल्नेछ।

धनु :आजको दिन मध्यम रहनेछ। शिक्षाक्षेत्र र न्यायिक कार्यमा विशेष सफलता मिल्नेछ। शनिको प्रभावले आकस्मिक लाभ, सन्तान सुख, घरमा शुभकार्य र सफल यात्रा समेत हुनेछ। देवगुरु बृहस्पति, राहु र केतुको प्रभावले भने आरोप प्रत्यारोप, मानसिक चिन्ता बढ्नसक्छ।

मकर : आजको दिन तपाईंको लागि शुभ नै रहनेछ। वर्षभरि नै राहु र बृहस्पतिको प्रभावले रोकिएका अधुरा कार्यले पूर्णता पाउनेछ। शुभ, धार्मिक यात्रा र मङ्गल कार्यको योग पनि रहनेछ। वर्षको मध्यमा समय राम्रै भएपनि अनेकौं तर्क र खुलदुली उत्पन्न हुनेछ र ठोस निर्णय लिन नसकिएला।

कुम्भ :आजको दिन मध्यम फलदायी वर्ष नै रहनेछ। बृहस्पति, राहु, केतु र शनिको साढेसातिको नकारात्मक प्रभावले झुटा आरोप, वादविवाद, डर र चिन्ता बढ्न सक्छ, तर भौतिक सुखमा भने बढोत्तरी हुनेछ। यदि जन्म कुण्डलीमा बृहस्पति र शनि उच्च, स्वगृह तथा मित्रगृह ग्रहहरू भए शुभ फल मिल्ने निश्चित छ |

मीन :आजको दिन तपाईंको लागि शुभ नै रहनेछ। पद प्रतिष्ठा र आर्थिक पक्ष राम्रो हुनेछ। कुनै कुराले अनुहारमा कान्ति र मनमा शान्ति मिल्नेछ। आकस्मिक लाभ, सन्तान सुख, घरमा शुभकार्य हुने र धार्मिक यात्रा समेत हुनेछ। रोकिएका अधुरा कार्यले पूर्णता पाउनेछ।

माधवा शर्मा ज्यौतिषाचार्य तथा वास्तु विद् सचिव-नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश ।

मनकामना ज्यौतिष तथा वास्तु परामर्श केन्द्र तुलसीपूर क लाईन जेसिस चोक दाङ । फोन नं – 9848060799

प्रकाशित मिति : २०८१ माघ २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस