२०८१ चैत्र ८ गते शुक्रवार

कपुरकोटमा पालिकास्तरीय वन डढेलो नियन्त्रण तथा व्यवस्थापन संयन्त्र गठन


कपुरकोट, २६ माघ । सल्यानको कपुरकोट गाउँपालिकामा वन डढेलो नियन्त्रण तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन संयन्त्र गठन गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर पुन संयोजक रहने गरी १३६ सदस्यीय पालिकास्तरीय वन डढेलो नियन्त्रण तथा व्यवस्थापन संयन्त्र गठन गरिएको हो ।

सहसंयोजकमा गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारी रहनुभएको छ । संयन्त्रमा वडाध्यक्ष, सामुदायिक वन उपभोक्ता महासङ्घका प्रतिनिधि, सुरक्षा निकाय, सञ्चारकर्मी, सहकारी क्षेत्रका व्यक्तित्व, उद्योग वाणिज्य संघका प्रतिनिधि, बजार व्यवस्थापन समिति, सम्पूर्ण विद्यालयका प्रधानाध्यापक र अध्यक्ष, सामुदायिक वन उपभोक्ता समितिका प्रमुख तथा राजनीतिक दलका प्रमुखले प्रतिनिधित्व गर्नेछन् ।

संयन्त्रले कपुरकोट क्षेत्रमा हरेक वर्ष बढ्दै गएको वन डडेलो नियन्त्रण तथा व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गाउँपालिका अध्यक्ष पुनले बताउनुभयो ।

संयन्त्रले वन डडेलो नियन्त्रणका लागि सचेतना कार्यक्रम, निगरानी टोली गठन, स्थानीय समुदायलाई संलग्न गराउने योजना बनाउनेछ । संयन्त्र गठनसँगै अध्यक्ष पुनले वन जोगाउने अभियानमा सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताउँदै वन डडेलो नियन्त्रणमा गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रकाशित मिति : २०८१ माघ २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस