
दाङ, २२ माघ । दाङमा रुखबाट लडेर एक जना घाइते भएका छन् । घाइते हुनेमा बबई गाउँपालिका वडा नम्बर ३ हंशपुरका ७७ वर्षका नोखे राना रहेको प्रहरीले जनाएको छ ।
राना आज बिहान सवा ७ बजेतिर आफ्नै घर नजिकै रहेको कोटमेरो जातको रुखमा घाँस काट्ने क्रममा सोही रुखको हागा भाचिदा भुइँमा लडेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरिक्षक सुर्य रानाले बताउनुभयो ।
नोखेको बायाँ हातको नाडिमा गहिरो चोट लागेको छ । उहाँको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारको लागि सिटि अस्पताल तलसीपुरमा रेफर गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८१ माघ २२ गते मङ्गलवार