
दाङ, २१ माघ । उत्सव साहु कक्षा ९ मा पढ्नुहुन्छ । उहाँलाई सानै उमेरदेखि आर्ट सिक्ने चाहना थियो । दाङ भ्याली मावि तुलसीपुरमा अध्ययन गरिरहनुभएका उहाँले पछिल्लो समय आर्ट सिकिरहनुभएको छ । उहाँले सोमबार लाइभ आर्ट गर्नुभएको छ । ‘आर्ट गर्न सिकिरहेको छु ।’ उहाँले भन्नुभयो–‘सोमबार भएको खेलकुद सप्ताह समापनको अवसरमा भएको कार्यक्रममा लाइभ आर्ट गरेको छु ।’

कक्षा ५ मा अध्ययनरत प्रकाश रावतले पनि सोमबार लाइभ आर्ट गर्नुभएको छ । उहाँले पढाइसंगै आर्टको सिप पनि लिइरहेको बताउनुभयो । ‘पढाईसंगै आर्ट गर्ने पनि सिक्न पाउँदा खुशि छु ।’ उहाँले भन्नुभयो–‘सोमबार लाइभ आर्ट गरेको छु ।’

दाङ भ्याली माविका अध्यक्ष तिलक साहुले अध्यक्ष तिलक साहुले विद्यार्थीको चौतर्फी विकासमा जोड दिएको बताउनुभयो । ‘हामीले बालबालिकाको चौतर्फी विकासमा जोड दिएका छौँ ।’ उहाँले भन्नुभयो–‘अहिले विद्यार्थीलाई आर्ट पनि सिकाइरहेका छौँ, विद्यार्थीले पनि महत्वका साथ सिकिरहेका छन् ।’

यस्तै प्रधानाध्यापक शिला अर्यालले विद्यार्थीको रुचि अनुसारको सिप सिकिरहेको बताउनुभयो । ‘विद्यार्थीले उद्घोषणकलादेखि आर्टकलासम्म सिकिरहेका छन् ।’ उहाँले भन्नुभयो–‘हामी किताबमा मात्र भन्दा पनि बाहिरी ज्ञान सिकाउन पनि खोजिरहेका छौँ ।’

यसैबिच सोमबार विद्यालयमा सरस्वती पूजा तथा पुरस्कार वितरण कार्यक्रम गरिएको छ । विद्यालयका अध्यक्ष तिलक साहुको अध्यक्षता एवं दाङ जिल्ला कबड्डी संघका अध्यक्ष कुलबहादुर डाँगी प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा विभिन्न प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र, मेडल प्रदान गरिएको छ ।
यसै अवसरमा पोषण आट्र्सको आयोजनामा चित्रकला कार्यक्रम पनि सञ्चालन गरिएको छ । जसमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो । शिक्षक झरना केसीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण शिक्षक प्रतिक्षा वलीले गर्नुभएको हो ।