
दाङ, २१ माघ । नयाँ पाइला पुनःस्थापना केन्द्रले सोमबार १० औं वार्षिकोत्सब मनाएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ हाडीमेमा रहेको संस्थाले हाडीमेमै एक कार्यक्रमको आयोजना गरी दशौँ वार्षिकोत्सब मनाएको हो ।
वार्षिकोत्सबको अवसरमा संस्थाका कार्यकारी निर्देशक सुरेश भुषालले अहिलेसम्म १ हजार ४ सय बढीलाई उपचार गरिसकेको बताउनुभयो । उहाँले दुर्व्यसन न्यूनिकरणका लागि समाजमा पनि सचेतना दिने काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा संस्थाका सल्लाहकार सुनिल पोखरेल, मनोपरामर्शविद शैलेश शर्मा, सल्लाहकार सुमन पोखरेल, जीतसागर जी.एम लगायतले लागूऔषध दुर्व्यसनबाट मुक्त बनाएर नयाँ जीवन प्रदान गर्न संस्थाले खेलेको भुमिकाको प्रसंसा गर्नुभयो । कार्यक्रमको सहजीकरण संस्थाका प्रेस सल्लाहकार गोकर्ण पौडेलले गर्नुभएको हो ।
प्रकाशित मिति : २०८१ माघ २१ गते सोमवार