
दाङ, २१ माघ । बबई नदिमा डुबेर एकजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार नदिमा डुबेर शान्तिनगर गाउँपालिका–६ का ७८ वर्षिय कुशल खड्काको मृत्यु भएको हो ।
आइतबार साँझ करिब साढे ६ बजेतिर खड्का बबई–७ स्थित बबई नदिमा मृत भेटिएपछी स्थानीयले प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख खिम बहादुर खड्काले जानकारी दिनुभयो ।
बबई गाउँपालिका–७ मा रहेको छोरीको घरमा जाने भनेर घरबाट निस्केका खड्का बबई नदिमा डुबेको अवस्थामा भेटिएको पारिवारिक स्रोतले जनाएको छ ।
मृतकको शव पोष्टमार्टमपछी आज आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८१ माघ २१ गते सोमवार