२०८१ फाल्गुन ७ गते बुधवार

तुलसीपुरमा आजदेखि सर्वाधिक राशिको फुटबल प्रतियोगिता हुँदै


दाङ, १९ माघ । दाङको तुलसीपुरमा आजदेखि सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिता हुँदैछ ।
तुलसीपुर–५ स्थित अरनिको मैदानमा हुने प्रतियोगिता २६ गतेसम्म संचालन हुने भएको हो ।

तुलसीपुर उपमहानगरपालिका वडा नंबर ६ को आयोजना तथा युथ अफ तुलसीपुर र मदन भण्डारी युथ क्लब, तुलसीपुरको सहकार्यमा प्रतियोगिता हुन लागेको हो ।

तुलसीपुर–६ का वडाअध्यक्ष तथा प्रतियोगिता मुल व्यवस्थापन समितिका संयोजक दुजमान भण्डारी (बर्षात) ले दाङ उपत्यकामा बसोबास गर्ने युवा शक्तिलाई फुटवल खेलको माध्यमबाट एकसुत्रमा गोलबद्ध गरी यस क्षेत्रको फुटबल खेललाई अझै द्रुत गतिमा विकास गराउनका लागी प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।

प्रतियोगितामा प्रथम पुरस्कार २ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ, चादीको कप, मेडल र प्रमाणपत्र राखिएको छ भने द्धितिय पुरस्कार १ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ, कप, मेडल र प्रमाणपत्रको व्यवस्था रहेको उहाँले बताउनुभयो । यसैगरी अन्य विभिन्न बिधागत पुरस्कारकोसमेत व्यवस्था गरिएको छ । खेल हुने स्थान अरनिको मैदान पनि व्यवस्थित गर्ने कामलाई तिव्र पारिएको छ ।

प्रकाशित मिति : २०८१ माघ १९ गते शनिवार
प्रतिक्रिया दिनुहोस