२०८२ असार ३ गते बुधवार

जोखिमयुक्त राप्ती राजमार्ग स्तरोन्नती गर्न ६० करोड बजेट : निर्धारित समयमै होला त काम ?


सल्यान, १५ माघ । दाङ हुँदै सल्यान देखि रुकुम जोड्ने राप्ती राजमार्गको स्तरोन्नति हुने भएको छ ।

नेपाल सरकारले ६० करोड बजेट बिनियोजन गरेपछि राप्ती लोक मार्गको स्तरोन्नति हुन लागेको हो ।

राप्ती लोकमार्गको स्थलगत अनुगमन गर्दै भौतिक पुर्बाधार तथा यातायात पूर्व मन्त्री प्रकाश ज्वालाले कपुरकोट बजार क्षेत्रको जोखिमयुक्त सडकलाई प्राथामिकतामा राखेर काम अघि बढाउन सडक भिजिजन कार्यालय दाङलाई निर्देशन दिनु भएको छ ।

ज्वालाले राप्ती लोकमार्ग सबैको चासो र गुनासोका बिषय बनेकाले नागरिकको सहज यात्राका लागि छिटो भन्दा छिटो लोकमार्गको स्तरोन्नतिको कार्य अगाडी बढाउन निर्देशन दिनुभएको हो ।

अनुमनमै रहेका सडक डिभिजन कार्यालय दाङका प्रमुख दिपेन्द्र बिष्टले स्तोन्नति गरिने सडकको छिट्टै प्राबधिक मुल्याङन गरेर बोलपत्र आह्वान गरिने बताउनुभयो ।

आगामी ३ बर्ष भित्र कम्तीमा सडकको स्तोन्नतिको कार्य सम्पन्न गर्ने गरी आफुहरुले तयारी गरेको बिष्टले जानकारी दिनुभयो ।

६० करोड बजेटबाट हर्नेटी देखि राम्री, चोरखोला सडक खण्ड, कपुरकोट बजारको जाखिमयुक्त सडक, सम्धीमोड देखि अरिङगाले हुँदै सल्लेखोला सम्मको सडक क्षेत्रमा स्तोन्नतिको कार्य गरिने सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।

प्रकाशित मिति : २०८१ माघ १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस