२०८३ जेष्ठ २५ गते सोमवार

मानव सेवामा जोडिदै सगरमाथा स्कुलका बालबालिका


दाङ, ८ माघ । तुलसीपुर–९ बेलुवास्थित सगरमाथा स्कुलले आज आफ्ना विद्यार्थीहरुलाई तुल्सीपुरमा रहेको मानव सेवा आश्रममा लगेर मानव सेवाको कार्यमा विद्यार्थीलाई सहभागी बनाएको छ ।

विद्यार्थीहरूलाई मानव सेवा कार्यमा उत्प्रेरित गर्नको लागि विद्यालयले यस्तो खालको कार्यक्रमको आयोजना गरेको विद्यालयका कार्यक्रम प्रमुख सरद शर्मा मजगैयाले जानकारी दिनुभयो ।

विद्यालयमा अध्ययनरत कक्षा ८ ९ र १० का विद्यार्थीहरूले आफ्नो खाजा खर्चलाई कटौती गरेर आश्रममा रहेका सहाराविहीन व्यक्तिहरूको भोको पेट भर्न पाएकोमा खुसी लागेको कक्षा १० का सम्राट चौधरीले बताउनुभयो ।

विद्यालयका प्रिन्सिपल छविकुमार ओलीले मानवताको सेवा नै जीवनको सर्वोत्तम उपलब्धि भएकाले यस्तो पुनित कार्यमा विद्यार्थीहरुलाई सहभागी गराउन पाउँदा हर्षित भएको बताउनुभयो ।

पछिल्लो अवस्थामा बालबालिकाहरूमा समाजसेवाको भावना हराउँदै गइरहेको अवस्थामा यसरी मानव आश्रममा लगेर उनीहरुले सेवा गर्दाखेरि उनीहरूमा सकारात्मक सोचाइको विकास हुने विद्यालयका एकाडेमिक हेड तिलक डाँगीले बताउनुभयो ।

विद्यार्थीहरुलेआश्रममा रहेका करिब ६० जनालाई बिहानको खाजा खुवाएका थिए ।

प्रकाशित मिति : २०८१ माघ ८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस