२०८१ फाल्गुन ६ गते मङ्गलवार

गोरखा मावि तुलसीपुरमा सप्ताहव्यापी खेलकुद

दाङ, १६ पुस ।
गोरखा मावि तुलसीपुरले सप्ताहव्यापी खेलकुद प्रतियोगिता गरेकाे छ ।


प्रतियोगितामा रेड हाउसले गोरखा रनिङ शिल्ड २०८१ जितेकाे छ । साताब्यापी खेलकुद महासंग्राहममा १२ स्वर्ण १३ रजत र ५ कास्य पदक हात पार्दै रेड हाउसले रनिङ शिल्ड जितेको हो ।


त्यस्तै ११ स्वर्ण,९ रजत र १४ कास्य पदकका साथ ग्रीन हाउस दोस्रो हुँदा ब्लु हाउस ९ स्वर्ण,११ रजत र ९ कास्य पदक जितेर तृतीय स्थान हासिल गर्न सफल भएको छ । एल्लो हाउस उत्कृष्ट अनुशासन हाउस घोषणा भएकाे विद्यालयले जनाएको छ ।


विद्यालयले १४ औं वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी खेलकूद कार्यक्रम गरेको हो । गत मंगलबार (पुस ९ गते) देखि शुरु भएको सप्ताहव्यापी खेलकुद कार्यक्रमको आज समापन गरिएको हो ।


कार्यक्रममा भलिबल, फुटबल र क्रिकेट छात्रछात्रा समूह तथा एथलेन्टिक्सका १३ वटा विधामा प्रतियोगिता गरिएको हो ।

गोरखा ग्रुपका संस्थापक अध्यक्ष मानबहादुर बुढाको अध्यक्षता तथा लुम्बिनी प्रदेश खेलकूद परिषद्का सदस्य सचिव तिरणदाज गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

त्यस अवसरमा सचिव गौतमले
खेलकूदले व्यक्तिलाई स्वस्थ राख्ने मात्रै नभएर खेलाडी तथा उसको मुलुकलाई अन्तर्राष्ट्रियस्तरसम्म परिचित बनाउने बताउनुभयो । उहाँले गोरखा माविले शिक्षाको क्षेत्रमा मात्रै नभएर खेलकूलको क्षेत्रमा पनि उल्लेख्य काम गरेको धारणा राख्नुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी उपरीक्षक इश्वर थापाले अभिभावकको सुनौलो परियोजना बालबालिका भएकोले आफ्‌ना अभिभावकको सपना पूरा गर्न शिक्षा आर्जन गर्दै खेलकूदमा आवद्ध भएर स्वस्थ र अनुशासित हुन विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।

तुलसीपुर–६ का वडाध्यक्ष दुजमान भण्डारीले विद्यालयले गर्ने गतिविधिमा आवश्यक परेको खण्डमा वडा कार्यालय सहकार्य गर्न तयार रहेको धारणा राख्नुभयो । प्रिन्सिपल विजय जिएमको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयका प्रावि संयोजक कमल भण्डारीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१ पुष १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस